जलवायुमा बाइडेनको सन्देश विश्वले चाहेको जस्तो नहुन सक्छ
2022-11-14 17:13:39cri
Share with:

 

 इजिप्टमा हुने कोप २७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार नयाँ अमेरिकी जलवायु कानुनको स्वागत गर्ने अपेक्षा गरिएको छ।  जलवायु परिवर्तनमा अन्य देशहरूले भने पैसाको कुरा गर्न चाहन्छन्।

अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रबार संयुक्त राष्ट्रको जलवायु शिखर सम्मेलनमा जाँदा, उहाँले संयुक्त राज्य अमेरिकालाई पृथ्वीलाई खतरनाक रूपमा अत्याधिक तातो हुनबाट जोगाउनका लागि विश्वव्यापी लडाइँमा फर्कने र जीवाश्म इन्धनबाट अमेरिकाको कदमलाई टर्बोचार्ज गर्ने कुरामा गर्व गर्न सक्नुहुने समाचारमा जनाइएको छ।