चीन अमेरिका सम्बन्ध सुधारिँदै जाने आशा
2022-11-15 19:15:55cri
Share with:

 

नोभेम्बर १४ तारिख दिउँसो अमेरिकाको प्रस्ताव बमोजिम चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बाली टापुमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्नुभएको छ। ३ घण्टासम्म चलेको उक्त वार्तामा दुवै देशका नेतागणले चीन अमेरिका सम्बन्धमा मौजुद रणनीतिक समस्या र महत्वपूर्ण वैश्विक र क्षेत्रीय समस्याबारे सदिच्छापूर्वक विचार विमर्श गर्दै अनेकन् मतैक्य प्राप्त गर्नुभएको छ।

चीन अमेरिका दुवै देशका नेता बीच बितेका ३ वर्षयता प्रत्यक्ष रूपमा भेट वार्ता गरिएको यो पहिलो पटक हुनुका साथै बाइडेनले राष्ट्रपतिको पद सम्हाल्नुभएपछि दुवै नेता बीच गरिएको पहिलो भेट वार्ता पनि हो। बेलायती फाइनान्सियल टाइम्सले जनाए अनुसार, चीन अमेरिका नेतागणले द्विपक्षीय सम्बन्ध सुधार गर्ने शुभेच्छा देखाएका छन्। अमेरिकी सीएनएनले भेटवार्तामार्फत चीन अमेरिका बीचको तनावपूर्ण द्विपक्षीय सम्बन्धलाई खुकुलो पारिएको दाबी गरेको छ।

वर्तमान विश्व त्यति शान्त छैन। त्यसैगरी विश्वका सबभन्दा ठूला दुईवटा आर्थिक समुदायको रूपमा रही चीन अमेरिका दुवै देश बीचको सहकार्यलाई सबल पार्नु नै दुवै देश र पूरै विश्वका लागि सकारात्मक कुरा रहेको छ। यस पटकको भेटवार्तामा चीन र अमेरिका दुवै देशका नेतागणले केही साझा चासोका विषयहरूबारे मतैक्य पनि प्राप्त गर्नुभएको छ।