राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति म्याक्रोनबीच भेटवार्ता
2022-11-15 10:20:22cri
Share with:

नोभेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग बालीमा भेट गर्नुभएको छ। भेटको क्रममा सीले विगत तीन वर्षमा विभिन्न माध्यमबाट घनिष्ठ सम्पर्क राखेकोले चीन-फ्रान्स सम्बन्धको विकासलाई सकारात्मक गति कायम राखेको बताउनुभएको छ।

उहाँले भन्नुभयोः वर्तमान विश्व परिवर्तनको नयाँ युगमा प्रवेश गरेको छ। विश्वको बहु-ध्रुवीकरण ढाँचामा दुई महत्वपूर्ण शक्तिका रूपमा चीन तथा फ्रान्स र चीन तथा युरोपेली संघले स्वतन्त्रता, खुलापन र सहयोगको भावनालाई पालना गर्नुपर्छ जसबाट विश्वमा स्थिरता र सकारात्मक ऊर्जाको सिर्जना हुने छ।

दुवै पक्षले युक्रेनको अवस्थाबारे विचार आदानप्रदान गरेका छन्। राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार युक्रेन संकटमा चीनको अडान स्पष्ट र स्थिर रहेको छ भने युद्धविराम, युद्धको अन्त्य र शान्ति वार्ता हुन्। अन्तर्राष्ट्रिय समुदायले यसका लागि पूर्वाधार सिर्जना गर्नुपर्छ र चीनले आफ्नै तरिकाले रचनात्मक भूमिका खेल्ने छ।