विदेशी लगानीको न्युनतम सीमा २ करोड कायम
2022-11-16 17:03:12cri
Share with:

नेपाल सरकारले विदेशी लगानीकर्ताले भित्र्याउने लगानीको सीमा ५ करोडबाट २ करोडमा झारेको छ। अबदेखि विदेशी लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी भित्र्याउन सक्ने छन्। प्रति विदेशी लगानीकर्ता न्यूनतम लगानी सीमा २ करोड रुपैयाँ कायम गरिएको सूचना राजपत्रमा उल्लेख भएको कान्तिपुर अनलाइनले लेखेको छ।

यद्यपि गैर आवासीय नेपालीको हकमा भने यो लागू नहुने सूचनामा जनाइएको छ। सरकार र गैर आवासीय नेपालीको संयूक्त लगानीमा स्थापना भएका इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने सुचनामा उल्लेख छ। यसअघि ०७६ जेठ १५ मा प्रति विदेशी लगानीकर्तालाई न्यूनतम लगानी सीमा ५ करोड रुपैयाँ तोकिएको थियो।