राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जी २० को १७ औँ शिखर सम्मेलनलाई सम्बोधन
2022-11-16 17:12:28cri
Share with:

नोभेम्बर १६ तारिख जी २० को १७ औँ शिखर सम्मेलन इण्डोनेशियाको बाली टापुमा जारी छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

 

डिजिटल परिवर्तन विषयबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले विभिन्न पक्षहरूले डिजिटल सहकार्यको जिवन्त शक्तिलाई बढाउँदै डिजिटल अर्थतन्त्रको विकास प्रतिफलमार्फत विभिन्न मुलुकका जनताका लागि अझ बढी हितकल्याण सिर्जना गर्नसक्ने आशा प्रकट गर्नुभएको छ। जी २० का सदस्यहरूसँगै हातमा हात मिलाउँदै सन्तुलित, समन्वयात्मक सहिष्णु, सहकार्यको साझा जीत र साझा समृद्धि हुने वैश्विक डिजिटल आर्थिक बनौटको स्थापना गर्दै जान चीन इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

 

उक्त शिखर सम्मेलनमा “जी २० बाली टापु शिखर सम्मेलन घोषणा पत्र” लाई पारित गरिएको छ।