सी चिनफिङद्वारा इन्डोनेसियाका राष्ट्रपतिसँग वार्ता
2022-11-17 09:50:53CRI
Share with:

नोभेम्बर १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोसँग वार्ता गर्नुभएको छ। सो अवसरमा दु राष्ट्रानायकबीच चीन-इन्डोनेसिया भाग्य समुदायको संयुक्त रूपमा रचना गर्ने महत्वपूर्ण चरण सम्पन्न भएको छ। साथै गामी वर्ष चीन-इन्डोनेसिया व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको दशँ वार्षिकोत्सवको सुअवसरमा उच्च स्तरीय सहयोगको नयाँ ढाँचा बनाउन पनि सहमत भएको छ।

 

वार्ताअघि सी चिनफिङ र जोकोले भिडियोमार्फत जाकार्ता-बान्दुङ उच्च-गति रेलवेको परीक्षण संचालन कार्यक्रम र दु देश सहयोग उपलब्धि प्रदर्शन अवलोकन गर्नुभएको छ। साथै जकार्ता-बान्दुङ उच्च-गति रेलवे निर्माण प्रकृयाबारे जानकारी लिनुभएको छ। त्यसपछि दु राष्ट्रानायकबीच वार्ता भएको थियो।

 

सी चिनफिङले चीनले इन्डोनेसियासँग बेल्ट एन्ड रोड इनिशिएटिभला गहन पारी इन्डोनेसियाको विश्व सागर धार विचारसँग मिलेर जकार्ता-बान्दुङ उच्च-गति रेलवेको छिटै संचालनमा ल्याउन प्रबर्द्धन गर्ने इच्छा लिएको उल्लेख गर्नुभयो।

 

जोकोले इन्डोनेसियाले चीनसँग मिलेर गामी वर्ष समयमै जकार्ता-बान्दुङ उच्च-गति रेलवेको संचालनको प्रत्याभूति गर्ने व्यक्त गर्नुभयो।

 

दु पक्षले जन गणतन्त्र चीन र गणतन्त्र इन्डोनेसिया बीचको संयुक्त वक्तव्य सार्वजनिक गरेका छन्।