चिनियाँ राष्ट्राध्यक्ष र जापानी प्रधानमन्त्री बीच भेटवार्ता
2022-11-18 10:14:12cri
Share with:

नोभेम्बर १७ तारिख राष्ट्राध्यक्ष सी चिन फिङले बैंककमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँग भेटवार्ता गर्नुभएको छ। सी चिनफिङले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको सामान्य दिशा बुझ्न र नयाँ युगको आवश्यकता पूरा गर्ने चीन-जापान सम्बन्ध निर्माण गर्न जापानसँग प्रयास गर्न चीन इच्छुक रहेको बताउनुभयो।

राष्ट्राध्यक्ष सीका अनुसार दुई पक्षले एकअर्कालाई इमान्दार र आपसी विश्वासका साथ व्यवहार गर्नुपर्छ। इतिहास र ताइवान जस्ता महत्वपूर्ण विषय दुई देशबीचको सम्बन्धको राजनैतिक आधार र आधारभूत विश्वाससित घनिष्ट सम्बन्ध छ। चीनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन र चीनको आन्तरिक मामिलामा कसैको हस्तक्षेपलाई कुनै बहानामा स्वीकार गर्दैन।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले अहिले दुई देशबीच विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग क्रमशः पुनःसुचारु भएको बताउनुभयो। प्रधानमन्त्री फुमियोका अनुसा रनिकट छिमेकीको रुपमा जापान र चीन शान्तिपूर्ण रूपमा सहअस्तित्व चाहन्छन्। ताइवान समस्यामा, जापान-चीन संयुक्त वक्तव्यमा जापानी पक्षले गरेका प्रतिबद्धताहरूमा कुनै परिवर्तन छैन। चिनियाँ पक्षसँग वार्ता र सम्पर्कलाई सुदृढ गर्न र संयुक्त रूपमा जापान-चीन सम्बन्धको सही दिशामा नेतृत्व गर्न इच्छुक रहेको फुमियोले बताउनुभयो।

दुवै पक्ष उच्चस्तरीय आदानप्रदान र वार्ता कायम राख्न, राजनीतिक आपसी विश्वास अभिवृद्धि गर्न, व्यावहारिक सहयोगलाई प्रवर्द्धन गर्न, मानवीय सांस्कृतिक आदानप्रदानलाई विस्तार गर्न सहमत भएका छन्।