चिनियाँ राष्ट्राध्यक्ष र सिङ्गापुरका प्रधानमन्त्री बीच भेटवार्ता
2022-11-18 10:15:01cri
Share with:

नोभेम्बर १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले सो वार्तामा महामारी र विश्वव्यापी परिवर्तनको सामना गर्दै चीन-सिङ्गापुर सम्बन्ध राम्रो गतिमा विकसित भैरहेको तथा यसले दुई देशलाई महामारीसँग लड्न र आर्थिक पुनरुत्थान मात्र नभइ क्षेत्रीय स्थिरता र समृद्धिमा सकारात्मक ऊर्जा थपेको बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन-सिङ्गापुर सम्बन्ध अग्रगामी, रणनीतिक र उदाहरणीय छ। सी चिनफिङले चीन सिङ्गापुरसँग उच्चस्तरीय आदानप्रदानलाई तीव्रता दिन इच्छुक रहेको कुरामा पनि जोड दिनुभयो। चीनको नयाँ विकास ढाँचाको निर्माणमा गहिरो रूपमा सहभागी हुन सिङ्गापुरलाई स्वागत छ। "उच्च गुणस्तरीय" चीन-सिङ्गापुर सहयोगको विशिष्ट प्रतीक बन्नुपर्दछ।

 

प्रधानमन्त्री ली सिएन लुङले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिवमा राष्ट्रपति सी चिन फिङ पुन: निर्वाचित भएकोमा बधाई दिनुभयो।

उहाँका अनुसार वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा सिङ्गापुरले सिङ्गापुर-चीन सम्बन्धलाई अझ प्रगाढ र विस्तार गर्न चाहन्छ र चीनसँगको विद्यमान द्विपक्षीय सहयोग संयन्त्रलाई निरन्तरता दिन चाहन्छ।