चीनका ४ बुँदे प्रस्तावबाट नयाँ “एसिया प्रशान्त आविष्कार”को सिर्जना
2022-11-18 20:37:35cri
Share with:

 

हाल विश्व पुन:एकपल्ट इतिहासको चौबाटोमा उभिएकाले एसिया प्रशान्तको स्थान झन् महत्वपूर्ण रहेको र त्यसको भूमिका झन् स्पष्ट रहेको देखिन्छ। नोभेम्बर १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एपेकको २९औँ नेतागणको अनौपचारिक सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै नयाँ परिस्थितिमा हातमा हात मिलाउँदै एसिया प्रशान्त भाग्य समुदायको निर्माणका लागि ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँका ४ बुँदे प्रस्तावले एसिया प्रशान्त सहकार्यलाई गहन पार्न र क्षेत्रीय प्रबर्द्धनलाई अघि बढाउनका लागि सही दिशा देखाउनुका साथै सशक्त जिवन्त शक्ति पनि थपिदिएको छ।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले सम्बद्ध विभिन्न पक्षहरूसित उच्च गुणस्तरीय रूपमा क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिको कार्यान्वयन गर्दै जान चीन इच्छुक रहेको कुरामा जोड दिनु भएको छ। उहाँका अनुसार, चीनले निरन्तर रूपमा वास्तविक गतिबिधिमार्फत के प्रमाणित गरिदिएको छ भने जुनसुकै बेला पुगे तापनि एसिया प्रशान्त क्षेत्रमै भर परेर एसिया प्रशान्त क्षेत्रको निर्माण गर्नुका साथै एसिया प्रशान्त क्षेत्रका लागि अझ बढी हितकल्यणको सिर्जना गर्दै जानेछ।