चीन र नेपाल मित्रता देखाउने भिडियो सार्वजनिक
2022-11-19 19:07:52CRI
Share with:

काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतबासले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको २० औँ महाधिवेशनको जानकारी र चीननेपाल सहर्कायमा केन्द्रित रहेर एउटा भिडियो निर्माण गरेको छ। उक्त भिडियोमा सीपीसीको २० औँ महाधिवेशनमा महासचिव सी चिनफिङले प्रस्तुत गर्नु भएको प्रतिवेदनको सार खिच्दै नेपालको विकासमा चीनले गरेका सहयोगको छोटकरीमा चर्चा गरिएको छ।

भिडियोमा काठमाडौँस्थित चिनियाँ दूताबासमा कार्यरत चिनियाँ कुटनीतिज्ञ गृष्मा र चीनमा विद्यावारिधी गरिरहेका नेपाली अनिश मल्लले विविध जानकारी प्रस्तुत गर्नु भएको छ।