राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भ्रमण सिध्याएर स्वदेश फिर्ता
2022-11-20 16:47:09cri
Share with:

नोभेम्बर १९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ जी २० का नेतागणको १७औँ शिखर सम्मेलन, एशिया प्रशान्त सहयोग संगठनको २९ औँ नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी भएर थाइल्याण्डको भ्रमण सम्पन्न भएपछि स्वदेश फर्कनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् केन्द्रीय कार्यालयका प्रमुख तिङ श्युए स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् राज्य परिषद्का सदस्य वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष ह ली फङ पनि उहाँका साथमा स्वदेश फर्कनुभएको छ।

 

बैंककबाट छाड्दा थाइल्याण्डका प्रधानमन्त्री दम्पत्ति, उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री लगायतका सरकारी उच्च पदाधिकारीहरूले विमानस्थलमा राष्ट्राध्यक्ष सीलाई बिदा गर्नु भएको छ।