चीनले एशिया-प्रशान्त तथा विश्वसँग सदिच्छापूर्ण रूपमा सहयोग गर्ने
2022-11-21 16:15:51cri
Share with:

विभिन्न देशका गण्यमान्य व्यक्तिको विश्लेषणमा एपेकको २९औँ शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनले पूरै विश्वको  आधुनिकीकरणको विकासका लागि चिनियाँ शैलीको आधुनिकीकरण मार्गको महत्वपूर्ण अर्थ व्याख्या गर्नुका साथै चीनले एशिया-प्रशान्त तथा विश्वसँग विभिन्न क्षेत्रमा सदिच्छापूर्ण रूपमा व्यावहारिक सहयोग गर्ने र चीनको विकास अवसर बाँड्ने इच्छा र अठोट स्पष्ट रूपमा व्यक्त भएको छ।

इटालेली अन्तर्राष्ट्रिय सम्बन्ध विद्वान फाविमो मासिमो भालेतीका अनुसार, चीनको विकास मोडल सहिष्णु, खुला तथा लोकतन्त्रका लागि आधार तय गरेको छ। उक्त विकास मोडलको आधारमा चीनले विश्वका विभिन्न देशहरूसँग अझ धेरै तथा राम्रो सहयोग गर्नसक्छ।

एपेकको २९औँ शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ४वटा ठोस सुझावहरू प्रस्तुत गर्नुभएको थियो जसबाट चीनले एशिया-प्रशान्तको विकासका लागि योगदान दिने इच्छा पुष्टि गरेको छ। चीनले सक्रिय रूपमा योगदान दिन चाहेको सन्देश व्यक्त गरेको क्यानाडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयका प्रोफेसर स्वालेन सिंहको मूल्याङ्कन छ। 

अरू केही विद्वानका विचारमा, वर्तमान विश्वमा अनिश्चित तत्व बढ्दैछ। विभिन्न देशहरूले सहयोग र समर्थनलाइ अझै सबल पारेमा आपसी हितकर तथा विजयी हुनसक्ने छन्।

यद्यपि केही क्षेत्रमा चीन र अमेरिकाबीच मतभेद भए तापनि धेरै क्षेत्रमा सहयोग गर्नसक्छन् र जसले ठूलो परिवर्तन गर्नेछ भन्ने कुरा अमेरिकी व्यापारिक प्रतिनिधि कार्यालयका पूर्व सहायक प्रतिनिधि जेफ्रेय मूनले प्रकट गर्नुभएको छ। उहाँका अनुसार, विशेष गरी जलवायु परिवर्तनको सामनामा यदि चीन र अमेरिकाको सहयोग नभएमा प्रगति हासिल गर्ने सकिँदैन। दुई देशले सहयोगलाई सबल पारेर दुई देशका जनता मात्र नभइ पूरै विश्वका लागि फाइदा पूर्याउने आशा उहाँले गर्नुभएको छ।