तिब्बतमा“फोटो भोल्टिक छत वितरण परियोजना”सुरु
2022-11-21 15:24:11cri
Share with:

हालै तिब्बतको ल्होका शहरको कियोन्जी जिल्लामा फोटो भोल्टिक छत वितरण परियोजना सुरु भएको छ। यो तिब्बतमा जिल्ला ढाकिने पहिलो फोटो भोल्टिक छत वितरण परियोजना हो। यो परियोजना चालू वर्षको अन्तमा पूरा हुने अपेक्षा गरिएको छ। संचालनमा आएपछि हरेक वर्षमा लगभग ५५६.६१टन मानक कोइलालाई प्रभावकारी रूपमा बचाएर प्रतिवर्ष लगभग १४३९.३२टन कार्बनडाइअक्साइड उत्सर्जन कम पार्न सकिने अनुमान गरिएको छ।

ल्होका शहरको कियोन्जी जिल्लामा शुरू भएको उक्त फोटो भोल्टिक परियोजनामा मुख्यतया सरकारी अंगहरू, स्कूलहरू, उद्योगहरूका भवनहरूको छतहरूमा फोटो भोल्टिक पावर स्टेशनहरू निर्माण गरिने छ र पावर स्टेशनको प्रारम्भिक जेनेरेटर क्षमता १.३८७१ मेगावाट पुग्ने छ।

बितेका वर्षहरूमा, तिब्बत फोटो भोल्टिक जस्ता नयाँ ऊर्जाको सशक्त विकासमा केन्द्रित भइरहेको छ। "चौधौँ पञ्चवर्षीय योजना" (सन्२०२१-२०२५)अवधिमा, तिब्बतमा फोटो भोल्टिक सौर्य ऊर्जाको विकासलाई गतिशिल पारिने छ र १ करोड किलोवाटभन्दा बढी क्षमतासम्म उठाउने प्रयास गरिँदै छ। साथै "नयाँ ऊर्जा + ऊर्जा भण्डारण" को परीक्षणात्मकस्थलको निर्माण व्यवस्थित रूपमा भइरहेको छ।