कजाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएकोमा चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा जोमार्ट तोकायेभलाई बधाई
2022-11-21 16:47:20cri
Share with:


नोभेम्बर २१ तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कासिम जोमार्ट तोकायेभलाई फोन गरेर कजाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई दिनुभएको छ।

 

सी चिनफिङले यस पटकको तोकायेभको निर्वाचनले कजाक जनताको विश्वास र समर्थनलाई पूर्ण रूपमा प्रतिबिम्बित गरेको कुरा औंल्याउनुभयो।

 

चीन-कजाकिस्तान सम्बन्धको विकासलाई ठूलो महत्व दिँदै दुई देशबीचको दौत्य सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा चीन-कजाकिस्तानको थप विकासको  प्रवर्द्धन गर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो।