सी चिनफिङले अन्तरिक्ष अन्वेषण र नवप्रवर्तन सम्बन्धी संयुक्त राष्ट्र सघ/चीन विश्वव्यापी साझेदारी गोष्ठीमा बधाई पत्र पठाउनु
2022-11-21 16:48:33cri
Share with:

नोभेम्बर २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अन्तरिक्ष अन्वेषण र नवप्रवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघ चीन  विश्वव्यापी साझेदारी गोष्ठीलाई बधाई पत्र पठाउनुभयो।

 

सी चिन फिङले हालैका वर्षहरूमा चीनले सक्रिय रूपमा अन्तरिक्ष अन्वेषण गतिविधिहरू गरेको, ब्रह्माण्डबारे मानिसको बुझाइलाई निरन्तर गहिरो बनाउन र मानव जातिको साझा हितलाई बढाउन प्रयास गरेको औंल्याउनुभयो। उहाँले अन्तरिक्ष अन्वेषण कहिल्यै समाप्त नहुने पनि बताउनुभयो। चीनले अन्य देशहरूसँग आदान-प्रदान र सहयोगलाई सुदृढ गर्न, ब्रह्माण्डका रहस्यहरू संयुक्त रूपमा अन्वेषण गर्न, बाह्य अन्तरिक्षको शान्तिपूर्ण उपयोग गर्न र विश्वका सबै देशका मानिसहरूलाई अझ राम्रो फाइदा पुर्‍याउन अन्तरिक्ष प्रविधिको प्रवर्द्धन गर्न इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

 

"नयाँ अन्तरिक्ष अन्वेषण साझेदारी निर्माण" भन्ने नाराका साथ हाइनान प्रान्तको हाइखौमा अन्तरिक्ष अन्वेषण र नवप्रवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघ-चीन विश्वव्यापी साझेदारी गोष्ठी सोही दिन सुरु भएको हो।