(समाचार सन्दर्भ)८ अर्ब, एक मानवजातिको भाग्य समुदाय
2022-11-21 19:14:52cri
Share with:

नोभेम्बर १५ तारिख संयुक्त राष्ट्र संघले विश्वको जनसंख्या ८ अर्ब पुगेको घोषणा गरेको छ जुन मानवजातिको विकासको लागि कोसे ढुङ्गे अर्थ रहेको छ। त्यसका साथै अनेकौँ समस्या पनि देखिन्छन्। हाल संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेसले ८ अर्ब जनसंख्या, एकै मानवजाति शीर्षकको लेख प्रकाशित गरी मानव जातिको परिवार ठूलो बनेसँगै असमान समस्या पनि भयंकर हुँदैआएको र विश्व पनि क्रमशः विभाजन हुँदै जानेतर्फ ध्यानाकर्षण गर्नुभयो। तीमध्ये खाद्यान्न र ऊर्जा संकटले विकासोन्मुख अर्थव्यवस्थालाई सबभन्दा ठूलो प्रभाव पारेको पनि उहाँले व्यक्त गर्नुभएको छ।

 

विश्व के भयो भने हामीले के गर्ने भन्ने समस्या देखिँदा हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जी-२० बाली शिखर सम्मेलनमा सम्बोधन गर्दै जोड दिनुभयो कि विभिन्न मुलुकले मानवजाति भाग्य समुदाय चेतनाको स्थापना गर्नुपर्छ भने विभाजनको सट्टा एकता, द्वन्द्वको सट्टा सहयोग, अलगावको सट्टा उदारको अवधारणा लिनुपर्छ जुन उक्त समस्याको चिनियाँ प्रस्ताव हो। सी चिनफिङले अझ उदार विश्व विकासलाई बढाउनुपर्ने भन्दै एकता नै शक्ति हो तर विभाजित भएर विकास हुँदैन भन्ने कुरा उल्लेख गर्नुभयो। सीले एकै पृथ्वी गाउँमा बसेर विभिन्न चुनौती देखापरेकाले सँगै मिलेर विकास गर्नुपर्ने भन्दै सबैले आपसी सम्मानका साथ शान्तिपूर्ण सहअस्तित्व गरेर खुलापनयुक्त विश्व अर्थतन्त्रको रचनाका लागि प्रवर्द्धन गर्नुपर्ने दोहोर्याउनुभयो।

 

८ अर्बमध्येको महत्वपूर्ण अंश भएको चीनले विश्व शान्तिको संरक्षण गर्ने, साझा विकासलाई बढाउने, मानव भाग्य समुदायको रचनाका लागि अडिग रहेर अन्तर्राष्ट्रिय सहयोगलाई अझ बलियो शक्ति प्रदान गरी समस्त मानवजातिको प्रगतिलाई अझ ठूलो योगदान गर्नेछ।