२०२२ कतार विश्वकप शुरू
2022-11-21 14:06:27cri
Share with:

नोभेम्बर २० तारिख, कतार विश्वकप औपचारिक रूपमा शुरू भएको छ। यो विश्वकप पहिलो पटक उत्तरी गोलार्धको हिउँद ऋतुमा आयोजना गरिएको हो।

विश्वकपको उद्घाटन समारोह कतारको अलबेत स्टेडियममा आयोजना गरिएको थियो। उद्घाटन समारोहको प्रदर्शनीमा मानवजातिको एकता शीर्षकमा फुटबलले मानवजातिलाई एकताबद्ध गरी संयुक्त चुनौतीको सामना गर्ने आशा देखाइएको छ।

समारोहमा विश्वकपको विशाल शुभङ्कर आकाशमा उडिरहेको थियो। यस शुभङ्करको नाम लाईब हो, यसको आकार अरबेलीहरूले शीरमा लगाउने रुमालबाट आएको हो। अरबेली भाषामा लाईबको अर्थ उत्कृष्ठ खेलाडी रहेको छ। आकाशमा उडिरहेको लाईब खेलमैदानमा दौडिरहेको खेलाडी जस्तै देखिन्छ।

आधा घण्टाको प्रदर्शनपछि, कतार राष्ट्रिय पुरूष फुटबल टोली इतिहासमा पहिलो पटक विश्वकपको खेलमैदानमा उत्रेका थिए। तर विश्वकपको पहिलो प्रतियोगितामा इक्वेडरसँग २:० ले कतार पराजित भएको छ।