ह नानको आनयाङ आगलागिबारे राष्ट्राध्यक्ष सीको महत्वपूर्ण निर्देशन
2022-11-22 19:08:26cri
Share with:

नोभेम्बर २१ तारिख ह नान प्रान्तको आन याङ शहरमा रहेको खाइसिनता नामक कम्पनीको कारखाना भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म ३८ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

 दुर्घटनापछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले तुरुन्तै महत्वपूर्ण निर्देशन दिनुभएको छ। ह नान र अन्य ठाउँहरूमा एकपछि अर्को गर्दै आगलागि र अन्य सुरक्षा उत्पादनमा दुर्घटना भएका थिए। घाइतेको उपचार गर्न, परिवारलाई सान्त्वना र हेरचाह राम्रोसँग गर्न, दुर्घटनाको कारण पत्ता लगाउन र कानून बमोजिम गम्भीरतापूर्वक अनुसन्धान हरसम्भव प्रयास गर्नुपर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो।

 अहिले घटनास्थलमा उद्धार, घाइतेको उपचार र दुर्घटनाको कारण पत्ता लगाउने काम सुव्यवस्थित रुपमा भइरहेको छ।