इन्डोनेशियामा भूकम्प गएपछि सीद्वारा इन्डोनेशियाका राष्ट्रपतिलाई शोक सन्देश पठाइएको
2022-11-22 19:20:01cri
Share with:

नोभेम्बर २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले इन्डोनेशियामा भूकम्प गएकोबारे इन्डोनेशियाका राष्ट्रपति जोको भिदोदोलाई शोक सन्देश पठाउनुभएको छ।

 सी चिनफिङले इन्डोनेशियामा भूकम्प गएबाट ठूलो मानवीय हताहती र भौतिक क्षति भएको खबर पाएपछि आफूले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकप्रति शोक व्यक्त गर्नुका साथै मृतक परिवार र घाइतेहरूलाई हार्दिक सान्त्वना ज्ञापन गरेको व्यक्त गर्नुभयो। राष्ट्रपति जोको र इन्डोनेशिया सरकारको नेतृत्वमा पीडितहरूले अवश्य नै प्रकोपलाई जितेर घरआवासको पुनःनिर्माण गर्ने विश्वास लिएको पनि सीले उल्लेख गर्नुभयो।