छिङ्ग राजवंश-1
2022-11-23 09:11:06CRI
Share with:

छिङ्ग राजवंशले सन 1644 देखि सन् 1911सम्म चीनमा शासन गरेको थियो। छिङ्ग राजवंशका प्रथम राजा नुर्हाचदेखि अन्तिम राजा फु यीसम्म जम्मा बाह्रजना राजाले दुइ सय अठसट्ठी वर्षुम्म चीनमा राज्य गरेका थिए।

       छिङ्ग राजवंशको क्षेत्रफल सबैभन्दा ठूलो भएको बेला एक करोड बीस लाख वर्षकिलोमिटर पुगेको थियो। सन 1616मा प्रथम राजा नुर्हाचले जीन राज्यको स्थापना गरे। सन 1636मा राजा क्वाङ थाइ चीले देशको नाम परिवर्तन गरेर छिङ्ग राखे। सन 1644 मा ली च छङ्ग किसान दलले मिङ्ग राजवंशको शासनलाई पल्टाएपछि मिङ्ग राजवंशका अन्तिम राजा छुङ चनले आत्महत्या गरे। छिङ्गको सेनाले ली च छङ्गको किसान विद्रोहीहरुलाई पराजित गरी छिङ्ग राजवंशको राजधानी पैचिङ्गमा सारेको थियो। छिङ्ग राजवंशले विभिन्न ठाँउमा चलिरहेका विद्रोह तथा नान मिङ राजवंशको छिङ्ग विरोधी शक्तिलाई नष्ट पारेर चीनलाई एकीकरण गर्‍यो।
       समाजका विभिन्न तह बीचको अन्तर्विरोधलाई सानो पार्न छिङ्ग राजवंशको शुरुमा छिङ्ग शासनले खाली भूमिमा खेतीपाती गर्नेहरुलाई प्रोत्साहित गर्ने तथा कर घटाउने आदि नीति अँगालेको थियो। भित्री भू-भाग तथा सिन्च्याङ युगर क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा ठूलो प्रगति देखापरेको थियो। अठारौं शताब्दीको मध्य कालसम्म सामन्तवादी अर्थतन्त्रको विकास एउटा नयाँ चरणसम्म पुगेको थियो। चीनको इतिहासमा यस अवधिलाई “खाङ, युङ, छ्यान स्वर्ण युग” भनिन्छ। छिङ्ग शासनको केन्द्रीय अधिकारको अवस्था अझ विकसित भई देश अझ बलियो र स्थिर भयो। अठारौं शताब्दीको अन्त्यसम्म त्यसको जनसंख्या तीस करोड पुगिसकेको थियो।

       सन् 1661 मा चङ छङ कुङले पोतले थाइवान जल-डमरु पुगी त्यहाँ 38 वर्षसम्म शासन गरेका होल्याण्डका उपनिवेशवादीहरुलाई पराजित गरे। सन् 1662को आरम्भमा होल्याण्डेलीहरु पराजित भए, थाइवान मातृ-भूमीको काखमा फर्क्यो।
       सोरौं शताब्दीको अन्यमा रुसले पूर्वतिर आफ्नो सिमाना विस्तार गर्‍यो। छिङ्ग शासनको सेनाले चीनमा प्रवेश हुनुअघि रुसले मौका पारी याक्सा तथा नीपुचु यी दुइवटा ठाँउमाथि आक्रमण गर्‍यो। छिङ्ग सरकारले धेरै पटक रुससँग चीनको भू-भागबाट हट्न आग्रह गर्‍यो। सन 1685 तथा सन 1686मा छिङ्ग राजवंशका तत्कालीन राजा ख्वाङ सीले छिङ्ग सेनालाई याक्सामा तैनाथ रुसी सेनामाथि आक्रण गर्ने आदेश दिए। अन्तमा, रुसी सेनाले बाध्य भएर चीन-रुस पूर्वी सिमा समस्याको समाधान वार्तामार्फत गर्न सहमति जनायो। सन् 1689 मा चीन र रुसका प्रतिनिधिहरुले निपुचुमा वार्ता गरी औपचारिक रुपमा सिमा सम्बन्धी पहिलो द्बिपक्षीय सन्धि “निपुचु सन्धि”मा हस्ताक्षर गरे।