छैठौँ चीन-दक्षिण एशिया एक्स्पो हेरौँ
2022-11-23 10:33:11CRI
Share with:

छैठौँ चीन-दक्षिण एशिया एक्स्पो नोभेम्बर १९ तारिखदेखि २२ तारिखसम्म चीनको खुनमिङ शहरमा आयोजना भएको छ। ८० वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय सँगठनका प्रतिनिधिहरू र अतिथिहरूले उक्त एक्स्पोमा भाग लिएका छन्। यसपटकको चीन-दक्षिण एशिया एक्स्पोको मुख्य विषय “नयाँ मौका बाँड्ने, नयाँ विकास सँयुक्त रुपमा खोज्ने” भन्ने हो। यस पटकको एक्स्पोमा १३ वटा प्रदर्शनी हलहरूको निर्माण गरिएको थियो।