सागसब्जी व्यापारी
2022-11-23 14:30:27CRI
Share with:

दक्षिण पश्चिम चीनमा अवस्थित युन्नान प्रान्तको मौसम वर्षैभरि नै वसन्त ऋतुमा जस्तै न्यानो र आर्द्र हुने गर्दछ। यो युन्नान प्रान्तको श्रेष्ठता कृषि उत्पादन हो र मुख्यतया सागसब्जी नै हो। युन्नानको सागसब्जी निर्यातले पूर्ण चीनको २०% भन्दा बढी भाग ओगटेको छ।

१६ वर्षको उमेरमा थाङयु अध्ययनकालागि विदेश गएका थिए, त्यति बेला उनले सागसब्जी निर्यात गर्ने व्यावसायिक मौका फेला पारे। ५ वर्षअघि आफ्नो जन्मथलो फर्केर उनी सागसब्जी व्यापारी एजेन्ट बने। एक उदीयमान पेशाको रूपमा सागसब्जी व्यापारी एजेन्टहरूले सागसब्जी उत्पादन गर्ने किसानहरूलाई विदेशी व्यापारीहरूसँग जोड्ने गर्छन् र किसानहरूले उत्पादन गरेको सागको अर्डर गरेर निर्यात गर्छन्। ३ वर्षअघि थाङयुको आग्रहमा छी थाउ सागखेती गर्न आफ्नो जन्मथलो फर्केका थिए। आजआएर, छी थाउले पालुङगो खेती गर्दै वार्षिक आयको ग्यारेन्टी पाएका छन्।

बितेको १ दशकमा युन्नानको सागसब्जी स्थानीयमा मात्र खपत नभई कूल परिमाणको ७० प्रतिशत निर्यातमा परिणत भएको छ। विदेशमा सागसब्जी विक्री भइरहेका छन् र विदेशमा रहेका धेरैभन्दा धैरै युवाहरू जन्मथलो फर्कने क्रम पनि जारी छ। थाङयु र छी थाउजस्ता युवाहरू चीनको खुलापनका कारण जीवनको अझै फराकिलो बाटोमा लागिरहेका छन्।