अमेरिकासँग मानवीय आदान-प्रदान र लोक आवत-जावतलाई बढाउने चीनको इच्छा
2022-11-24 19:31:08cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले चीनले अमेरिकासँग चीन-अमेरिका नेताबीच बाली टापुमा सम्पन्न भएका महत्वपूर्ण सहमतिको पालना गरी मानवीय आदान-प्रदान र लोक आवत-जावतलाई बढाएर दुई देश सम्बन्धको स्वस्थ विकासमा दृढ जनमतको आधार प्रदान गर्ने इच्छा लिएको व्यक्त गर्नुभएको छ।

 २४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो। चीन-अमेरिका नेताबीच बाली टापु वार्तापछि चीन र अमेरिकाबीचको मानवीय आदान-प्रदानमा सुधार हुनसक्छ कि भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता माउले चीन र अमेरिका मानवीय आदान-प्रदान निकै महत्वपूर्ण छ भने दुई देशका विभिन्न क्षेत्रका मानिसबीचको आवत-जावतलाई विस्तार गर्न प्रोत्साहन गर्नुपर्छ जुन दुई देश नेताबीच बाली टापु वार्तामा सम्पन्न भएको सहमति भएको कुरा व्यक्त गर्नुभयो। चीन र अमेरिकाबीच इतिहास तथा सँस्कृति, सामाजिक प्रणाली, विकास बाटो फरक छ तापनि ती कुरा दुई देशका जनताबीच आपसी विश्वास र मित्रताको बाधक हुनुहुँदैन भन्ने कुरा पनि प्रवक्ता माउले दोहोर्याउनुभयो।