चीन-अमेरिका आर्थिक तथा व्यापारिक सहयोग छिटै स्वास्थ्य बाटोमा फर्कने चीनको आशा
2022-11-24 19:30:09cri
Share with:

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता शु युथिङले चीन र अमेरिकाले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सहयोगलाई छिटै स्वस्थ तथा स्थिर विकासको बाटोमा फर्काउने आशा चीनले लिएको व्यक्त गर्नुभएको छ।

 २४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शु युथिङले उक्त कुरा बताउनुभएको हो। सो अवसरमा प्रवक्ता शुले गत शुक्रबार चीनका वाणिज्यमन्त्री वाङ वनथाउ र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइबीच भएको वार्ताबारे जानकारी दिँदै यो वार्ता दुई देशका शीर्ष नेताबीचको वार्तापछि भएको दुई पक्षका आर्थिक तथा व्यापारिक विभागका जिम्मेवारबीचको ‘फेस टु फेस’ वार्ता हो र यो वार्ता खुला, व्यावसायिक तथा रचनात्मक भएको कुरा उल्लेख गर्नुभयो।

 

प्रवक्ता शुले दुई पक्षबीच प्रत्यक्ष वार्ताले आपसी बुझाइलाई गहन पार्न मद्दत पुग्ने चीनको ठहर रहेको भन्दै भविष्यमा दुई पक्षले दुई मुलुक नेताबीच सम्पन्न भएका महत्वपूर्ण सहमतिको राम्ररी पालना गर्नुपर्ने दोहोर्याउनुभयो।