संयुक्त राष्ट्र संघ-चीन अन्तरिक्ष अन्वेषण र नवाचार विश्वव्यापी साझेदारी सम्बन्ध गोष्ठी
2022-11-24 09:22:52CRI
Share with:

चीनको राष्ट्रिय अन्तरिक्ष व्युरो, हाइनान प्रान्तको जन सरकार र संयुक्त राष्ट्र संघ बाह्य अन्तरिक्ष मामिलाका कार्यालयद्वारा सह-प्रायोजित "संयुक्त राष्ट्र संघ-चीन अन्तरिक्ष अन्वेषण र नवाचार विश्वव्यापी साझेदारी सम्बन्ध गोष्ठी " नोभेम्बरमा हाइखौमा आयोजित भयो।

 ४ दिने यस गोष्ठीमा सबै पक्षहरूले अन्तरिक्ष आदानप्रदान र सहयोगलाई सुदृढ गर्ने, शान्तिपूर्ण उद्देश्यका लागि बाह्य अन्तरिक्षको संयुक्त प्रयोग, र बाह्य अन्तरिक्षमा मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने जस्ता विषयमा छलफल र आदानप्रदान गरे।
गोष्ठीले "नयाँ अन्तरिक्ष अन्वेषण र नवाचार विश्वव्यापी साझेदारीको निर्माणलाई बढावा दिनको लागि चाइना एरोस्पेस कार्य वक्तव्य" जारी गर्‍यो। वक्तव्यमा भनिएको छ, चीनले विश्वभरका अन्तरिक्ष एजेन्सीहरू र अन्तर्राष्ट्रिय संगठनहरूसँग विश्वव्यापी शासन, कार्य समन्वय प्रवर्द्धन, परियोजना सहयोगलाई गहिरो बनाउन, नवीन विकासको प्रवर्द्धन गर्न र वैज्ञानिक उपलब्धिहरूको संयुक्त उपभोग गर्न इच्छुक छन्। अन्तरिक्ष अन्वेषण र नवीनताको लागि नयाँ विश्वव्यापी साझेदारीले बाह्य अन्तरिक्षमा मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्न मद्दत गर्ने छ। चीनको राष्ट्रिय अन्तरिक्ष व्युरोका प्रेस प्रवक्ता सु होङ लियाङले भन्नुभयो कि यसले चीनको अन्तरीक्ष उद्योगको अन्तर्राष्ट्रिय प्रभावलाई अझ बढाउने छ।उहाँका अनुसार यस गोष्ठीले अन्तर्राष्ट्रिय आदानप्रदान तथा वार्तालाई प्रवर्द्धन गरेको छ भने अन्तर्राष्ट्रिय सहयोगको साझा फाइदा विकासको अवधारणालाई अभ्यास गरेको छ। जसबाट विश्वव्यापी अन्तरिक्ष अन्वेषण र नवाचारलाई बढावा दिन चीनको महत्त्वपूर्ण योगदानलाई प्रतिबिम्बित गरेको छ।

यस गोष्ठीले विश्वभरका ८० भन्दा बढी देश र क्षेत्रका अनलाइन र अफलाइन प्रतिनिधिहरूलाई आकर्षित गर्यो। एजेन्डामा अन्तरिक्ष अन्वेषण, नवीन अन्तरिक्ष नियम तथा नीति, अन्तरिक्ष विज्ञानका सम्भावनाहरू, चन्द्रमा र गहिरो अन्तरिक्ष अन्वेषण आदि विषयहरु समावेश थिए। संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष मामिला कार्यालयका कार्यवाहक निर्देशक निकोलस हेइडेम्यानले अन्तरिक्ष क्षेत्रमा चीनको उपलब्धिको प्रशंसा गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष अन्वेषण गर्दा समावेशी र विविधतायुक्त बनाउनका लागि हातमा हात मिलाएर काम गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार चीनले गहिरो अन्तरिक्ष अन्वेषणको क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। छाङ्हो -5 चन्द्र अन्वेषणले सफलतापूर्वक चन्द्र नमूनाहरू सङ्कलन गर्‍यो, र थ्यान वेन नम्बर १ अन्वेषण यन्त्रले सफलतापूर्वक मंगलको सतहमा अवतरण गर्‍यो, ती सबैले महत्त्वपूर्ण वैज्ञानिक अनुसन्धानमा योगदान पुर्‍याएको छन्। अन्तरिक्ष अन्वेषणको जटिल क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग नै  सफलता पाउने सबैभन्दा उत्तम माध्यम हो भन्ने उहाँको विश्वास छ।

प्रवक्ता सु होङ लियाङका अनुसार चाइना एरोस्पेसले सधैं साझा फाइदा सहयोगको अवधारणालाई अडान बनाएको र अन्तर्राष्ट्रिय साझेदारहरूसँग छाङ हो-४, छाङ हो-५ र थ्यान वेन १ कार्यभारमा बहु-क्षेत्रीय सहयोग गराएको छ। चाइना एरोस्पेसले खुला सहयोगको अवधारणा लिँदै जाने छ भने अन्तरिक्ष अन्वेषणमा सहभागी हुन सबै देशहरूलाई स्वागत गर्ने छ। मानव अन्तरिक्ष उडानको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न अन्य देशहरूको अन्तरिक्ष अन्वेषण अभियानहरूमा भाग लिन चीन इच्छुक रहेको छ।