सानो मुलुक कतारद्वारा विश्वकपको आयोजना गर्ने उपाय
2022-11-24 10:56:23cri
Share with:

मात्रै ११ हजार ५०० वर्ग किलोमिटर क्षेत्रफल भएको कतार विश्वकपको इतिहासमा सबैभन्दा सानो योजक राष्ट्र बनेको छ। कतारको स्थायी बासिन्दाको संख्या मात्रै ३० लाख छन्। विश्वकप अवधिमा लगभग १२ लाख फुटबल फ्यान र पर्यटक कतार आउने भएका छन्। यसले कतारको यातायात, बसोबास, प्रतियोगिता स्थललगायतका क्षेत्रमा ठूलो दबाव ल्याएको छ। कतार जस्तो सानो मुलुकले कसरी अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको छ? 

विश्वकपको अधिकांश फुटबल फ्यान र पर्यटकको स्वागत गर्न कतारले सेप्टेम्बर महिनादेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थललाई पुनःसञ्चालन गरेर कतारका दुई अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक यात्रु ढुवानी मात्रा ४ करोडदेखि ५ करोड ८० लाखसम्म वृद्धि गराएको छ। 

१० लाखभन्दा बढी पर्यटकको बसोबासकालागि कतारले धेरै नयाँ होटेल र रिसोर्टको निर्माण गर्नुबाहेक कन्टेनरबाट पुनःनिर्माण गरिएको फुटबल फ्यान गाउँ, क्रूज जहाजबाट पुनःनिर्माण गरिएको होटेल आदि बसोबास छनौट पनि प्रदान गरेको छ। 

विश्वकपको आयोजना गर्न कतारले ७ वटा नयाँ फुटबल मैदानको निर्माण गरेको छ। यी मध्ये ९७४ खेलमैदान विश्वकप इतिहासमा पृथक खेलमैदान बनेको छ। ९७४वटा कन्टेनरबाट निर्माण गरिएकोले यो खेलमैदानको नाम ९७४ भएको हो।