अन्तर्राष्ट्रिय बन्दरगाहका भन्सार कर्मचारी
2022-11-24 14:11:53CRI
Share with:

पूर्वी चीनको चच्याङ प्रान्तमा निङपो-चाउशान बन्दरगाह छ। यसले प्रशान्त महासागरको व्यस्त मुख्य जलमार्गको सामना गर्दछ र त्यस पछाडि चिनियाँ मुख्यभूमिको सबैभन्दा ठूलो जीवन्त शक्ति भएको गतिशील याङत्से नदी डेल्टा आर्थिक सर्कल पर्दछ।

हु स्याउफङ २० वर्षदेखि यहाँको भन्सारमा कार्यरत छन्। आर्थिक विश्वव्यापीकरणको विकाससँगै व्यापारको स्वतन्त्र सुविधालाई बढाउन भन्सारको भूमिका क्रमशःमहत्वपूर्ण बन्दैगइरहेको छ। हु स्याउफङ र उनका सहकर्मीहरूले अन्तर्राष्ट्रिय जलमार्गहरू खोल्ने, संसारभरका सामानवाहक जहाजहरूलाई स्वागत गर्नुका साथै चिनियाँ सामान बोक्ने जहाजहरू पठाउने गरेका छन्। हाल, हु युवाबाट एक मायालु बुबा बनेका छन् भने निङपो-चाउशान बन्दरगाह विश्वमा सामान आउनेजाने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बन्दरगाह बनेको छ।