हुपै प्रान्तको स्येन फङ् जिल्लास्थित छाउ याङ पुल यातायातका लागि खुल्ला
2022-11-25 17:44:35cri
Share with:

 

हालै हुपै प्रान्तको स्येन फङ् जिल्लामा रहेको छाउ याङ पुलको अन्तिम गुणस्तर निरीक्षण कार्य सम्पन्न भएको छ र पुल ढुवानी र यातायातका लागि खोल्ने अवस्थामा पुगेको छ।

छाउ याङ पुलको कुल लम्बाइ २७६ मिटर र चौडाइ १२ मिटर रहेको बताइएको छ। पुल सञ्चालनमा आएपछि २ हजारभन्दा बढी स्थानीयले आवतजावत गर्न सक्नेछन्। साथै पुलले वरपरका रमणीय स्थलहरूको पर्यटन स्रोतलाई पनि जोड्न सक्नेछ।