नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको देस्रो संस्करण आजदेखि
2022-11-25 17:42:27cri
Share with:

आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२० हुँदै छ। सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सव शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य रूपमा उदघाटन गरिँदैछ।

 

भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यमा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु हुन लागेको हो। त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरु माझ सम्बोधन गर्नेछन्।

 

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरिबाट २०० भन्दा बढी नाट्य कलाकार सहभागी हुँदै छन्। महोत्सवले मंसिर १७ सम्मका लागि बिहान ८ बजेदेखि साँझ ७:३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ।

 

महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन्।

 

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश रहेको नेपालखबर अनलाइनले जनाएको छ।