चीन-अमेरिका मानवीय तथा साँस्कृतिक आदान-प्रदानमा अवरोध गर्नु नै म्याककार्थीवादीको फिर्ती
2022-11-25 17:39:45cri
Share with:

 

न्यूयोर्कका लागि चीनको महा वाणिज्य दूतावासका अनुसार, नोभेम्बर २२ तारिख अमेरिका-चीन सार्वजनिक मामिला समिति र अमेरिका टेबुल टेनिस समितिले न्यूयोर्क नगरको येल क्लबमा चीन-अमेरिका टेबुल टेनिस कूटनीतिको ५०औँ वार्षिकत्सव सम्झना कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ वाणिज्यदूत ह्वाङ फिङले त्यतिखेर चीन र अमेरिका टेबुल टेनिस खेलाडीबीचको मित्रता र इमानदारीले दुई देशबीच आवत-जावतको बरफ तोडेको थियो, दशौँ वर्षयता टेबुलटेनिस कुटनीतिबाट रोपिएको मित्र बिउ विशाल रूखसम्म विकास भइसकेको छ भने दुई देशबीचको मित्रता पनि विस्तारै दुई देशका जनताको मनमा जन्मेको छ। अनि दुई देशबीच सम्बन्धको विकासलाई शक्ति थपेको छ।

 नोभेम्बर २४ तारिख चीनको परराष्ट्र प्रवक्ता माउ निङले चीन-अमेरिका मानवीय तथा साँस्कृतिक आदान-प्रदान निकै महत्वपूर्ण छ भने दुई देशबीच विभिन्न क्षेत्रका मानवीय आवत-जावतलाई प्रोत्साहन गर्नुपर्छ जुन चीन र अमेरिका राष्ट्रानायकबीच बाली टापुको वार्तामा सम्पन्न भएको महत्वपूर्ण सहमति हो भन्ने कुरा व्यक्त गर्नुभयो। मानवीय तथा साँस्कृतिक आदान-प्रदान र लोक आवत-जावतले दुई देश सम्बन्धको विकासलाई अरू सक्रिय शक्ति थप्ने आशा टेबुल टेनिस कुटनीतिमा संलग्न भएका अमेरिकी खेलाडीको ठहर रहेको उहाँले उल्लेख गर्नुभयो।

 यो विकास प्रवृत्ति र जनमत अनुकूल रहेको विषय हो। तर केही वर्षयता केही अमेरिकीले चीन र अमेरिकाबीच विज्ञान तथा प्रविधि र मानवीय आदान-प्रदानमा अवरोध गर्न प्रयास गरिरहेका छन्। केही राजनीतिज्ञले वैचारिक पूर्वाग्रह र शीत युद्धको भावना लिएर अलग्याउने अवधारणाका लागि प्रोत्साहन गरिरहेका छन्। स्पष्ट छ कि त्यसबाट अमेरिका स्वयंलाई नै हानी पुर्याइनेछ।

यसअघि अमेरिकाको एउटा कूटनीतिक पत्रिकाले चिनियाँ दक्षता गुम्दाको नतीजा अमेरिकाले भोग्न नसक्ने शीर्षकको लेख प्रकाशित गरी चिनियाँ विद्धार्थीलाई अमेरिकी शैक्षिक तथा अनुसन्धानबाट पूर्ण रूपमा अलग गराउने कुरा व्यवहारिक नभएको भन्ने कुरा उल्लेख गरेको थियो।

 हाल अमेरिका जोहन होप्किन्स विश्वविद्यालयको एक प्रतिवेदनका अनुसार, चिनियाँ विद्यार्थी र अनुसन्धनकर्ताले विश्वविद्यालय आय, विज्ञान तथा प्रविधि नवीन सिर्जना, राष्ट्रिय सुरक्षा लगायत कम्तिमा तीन तरिकामार्फत अमेरिकाको प्रतिश्पर्धात्मकतालाई योगदान गर्नेछ। मानवीय आदान-प्रदानले दुई देशका जनतालाई वास्तविक फाइदा ल्याएको छ। एशियाली अमेरिका विद्वान मञ्चले गत सेप्टेम्बर सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सन् २०२० अमेरिकामा विज्ञान तथा इन्जिनियरिङ क्षेत्रमा पीएचडी गरेका ३४ हजार जनामध्ये १७ प्रतिशत चिनियाँ थिए। केही चिनियाँले स्नातक भएपछि अमेरिकामा रोजगार पाएका छन् भने स्थानीयहरूसँग अमेरिकी विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो समूह बनेका छन्।

 दक्षताको अविकासलाई प्रोत्साहन गर्नु इतिहासलाई पछि सार्नु हो। चीनका लागि अमेरिकाका पूर्व राजदूत म्याक्स बौकुस लगायत नामी व्यक्तिहरूले भन्नुभए झैँ चीन-अमेरिका मानवीय आदान-प्रदानमा बाधा गर्नु भनेको म्याककार्थीवादको पुनरागमन हुनु हो।