सोलोमन टापुहरूमा भूकम्प गएपछि चिनियाँ राष्ट्राध्यक्ष सीको सान्त्वना
2022-11-26 15:59:11cri
Share with:

नोभेम्बर २५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सोलोमन टापुहरूमा भूकम्प गएकोप्रति सोलोमन टापुहरूका गर्भनर दाभिद भुनाजीलाई समवेदना सन्देश पठाउनुभएको छ।

 सी चिनफिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट सोलोमन टापुहरू सरकार र जनतालाई हार्दिक समवेदना ज्ञापन गरेको व्यक्त गर्नुभयो। सीले चीन र सोलोमन टापुहरू आपसी समर्थन र सहयोग गर्ने असल मित्र भएको भनदै चीनले सोलोमन टापुहरूलाई सकेसम्म समर्थन गरी सोलोमन टापुका जनतालाई प्रकोपबाट जोगाएर घरआवासको पुनःनिर्माण गर्न सहयोग गर्ने इच्छा लिएको उल्लेख गर्नुभयो।

 सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङले पनि सोलोमन टापुहरूका प्रधानमन्त्री मानासेह दामुकाना सोगाभारेलाई समवेदना सन्देश पठाउनुभयो।