वस्तु आयात कम हुँदा त्यसको सकारात्मक असर व्यापारघाटामा
2022-11-27 15:45:58cri
Share with:

बितेको ४ महिनामा नेपालको व्यापारघाटामा सुधार आएको छ। आयात कम हुँदा त्यसको सकारात्मक असर व्यापारघाटामा देखिएको हो।

 

गत आर्थिक वर्षको ४ महिना र चालू आर्थिक वर्षको ४ महिनाको तुलनामा १५ दशमलव ८८ प्रतिशतले व्यापारघाटा घटेको हो। गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५ खर्ब ६८ अर्ब रहेको व्यापार घाटा चालू आवको सोही अवधिमा ४ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको भन्सार विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा वस्तु आयात  र निर्यात दुवै घटेको छ।

 

गत आर्थिक वर्षको कात्तिक महिनासम्म ६ खर्ब ५० अर्ब रुपैयाँबराबरको आयात भएकोमा यो वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँबराबरको आयात भएको छ।

 

त्यस्तै वस्तु निर्यात गत आर्थिक वर्षको चार महिनामा ८२ अर्ब रुपैयाँ बराबरको भएकोमा यो वर्षको ४ महिनामा ५४ अर्ब रुपैयाँको मात्रै भएको नेपालखबर अनलाइनले जनाएको छ।