कोभिड-१९ को प्रतिरोध गर्नुपर्ने विश्वका ८० प्रतिशत उत्तरदाताको ठहर
2022-11-27 16:32:49cri
Share with:

हाल कोभिड-१९ महामारी विश्वमा फैलिरहेको छ। यस वर्षयता विश्वमा कोभिड-१९ बाट मृत्यु भएकाको संख्या दश लाखभन्दा बढी पुगेको छ। हाल सीजीटीएनले विश्वको जनमत संकलन गरेअनुसार, मानवजातिको स्वास्थ्यको लागि कोभिड-१९ को दीर्घकालीन नकारात्मक प्रभाव पर्ने ६०.४४ प्रतिशत उत्तरदाताको ठहर छ भने अरू बढी कोभिड-१९ बाट बच्न प्रतिरोधको सक्दो कदम चाल्नुपर्ने ८५.४ प्रतिशत उत्तरदाताको ठहर छ।

 

वैज्ञानिक अनुसन्धानका अनुसार, केही रोगीले कोभिड-१९ भएको केही महिनापछि अझै थकाइ, टाउको दुखाइ, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु लगायत दीर्घकालन लक्षण देखिन्छन्। त्यसबारे ६०.४४ प्रतिशत उत्तरदाताले निकै चिन्ता भएको व्यक्त गरेका छन् भने २९.४४ प्रतिशतले चिन्ता नलिएको व्यक्त गरेका छन्। अरू १०.१२ प्रतिशतले धारणा दिएनन्।

 

यस वर्ष महामारीबाट विश्वमा मृत्यु भएकाको संख्या दश लाखभन्दा बढी छ। विश्व स्वास्थ्य संगठनले महामारीलाई  लगातार रूपमा “अन्तर्राष्ट्रिय ध्यानाकर्षक आपतकालीन सार्वजनिक स्वास्थ्य गतिबिधि” हुने घोषणा दिएको छ र निरन्तर अनुगमन तथा प्रतिरोध कार्यक्रम नवीकरण गर्न विभिन्न मुलुकलाई आग्रह गरेको छ।