चिनियाँ राष्ट्राध्यक्ष तथा मंगोलियाली राष्ट्रपति बीच भेटवार्ता
2022-11-28 20:30:08CRI
Share with:

नोभेम्बर २८ दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको राजकीय भ्रमणमा रहनुभएका मंगोलियाका राष्ट्रपति उखनागिइन खुरेलसुहसँग भेट वार्ता गर्नुभएको छ।

भेटमा चिनियाँ राष्ट्राध्यक्ष सीले भन्नुभयोः चीन-मंगोलिया महत्वपूर्ण छिमेकी हुन् र अस्थिरता तथा अनिश्चितता बढ्दै गइएको अन्तर्राष्ट्रिय वातावरणमा चीनले मंगोलियासँगै संयुक्त भाग्य समुदायको निर्माण गर्दै दुई देशका जनताको हित-कल्याणको सिर्जना गर्दै जाने इच्छा चीनले लिएको छ। एशिया-प्रशान्त क्षेत्रमा रहेका विकासोन्मुख मुलुकको रूपमा चीन तथा मंगोलियाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा दुवै देशको व्यापक साझा हित भएको छ। मंगोलियासँगै मिलेर वास्तविक बहुपक्षबादको रक्षा गर्दै अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा सहयोगको संरक्षण गर्ने अपेक्षा चीनले लिएको छ।

भेटमा मंगोलियाका राष्ट्रपति उखनागिइन खुरेलसुहले चीनसँग एक अर्काको रणनीति जोडीलाई सबल पार्दै बेल्ट एण्ड रोड अवधारणा तथा आपसी आर्थिक कोरेडोको निर्माणलाई अघि बढाउँदै जाने पुष्टि गर्नुभएको छ। साथै मंगोलिया तथा चीनले अन्तर्राष्ट्रिय मामिलामा हुने सम्पर्क तथा समन्वयलाई घनिष्ट पार्दै क्षेत्रीय शान्ति तथा विकासको संरक्षणका लागि थप योगदान दिँदै जाने इच्छा पनि मंगोलियाका राष्ट्रपति उखनागिइन खुरेलसुहले व्यक्त गर्नुभयो।

जनगणतन्त्र चीन तथा मंगोलिया बीच नयाँ युगमा चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अघि बढाउने संयुक्त वक्तव्य पनि दुवै पक्षले सार्वजनिक गरेका छन्।

सो भेटवार्तापछि दुई देशका राष्ट्रनायकहरूले आर्थिक व्यापारिक लगानी भन्सार मरूभूमिकरणको व्यवस्थापन लगायत सहयोगात्मक दस्तावेजको हस्ताक्षर कार्यम्रमा सहभागी हुनु भएको छ।