“एसियाको मानव अधिकार मञ्च - वातावरण, जलवायु परिवर्तन र मानव अधिकार” अन्तर्राष्ट्रिय गोष्ठी पैचिङमा आयोजित
2022-11-28 14:56:47cri
Share with:

चिनियाँ जन विश्वविद्यालयद्वारा आयोजित दुई दिने “एसियाको मानव अधिकार मञ्च - वातावरण, जलवायु परिवर्तन र मानव अधिकार” शीर्षकमा अन्तर्राष्ट्रिय गोष्ठी नोभेम्बर २७ तारिख पैचिङमा सम्पन्न भएको छ।

सो गोष्ठीमा दश वर्षयता वातावरण तथा मानव अधिकारको संरक्षण क्षेत्रमा एसियाली मुलुकहरुका अनुभव तथा उपलब्धिको निष्कर्श निकाल्नुका साथै मानव अधिकारको दृष्टिकोणमा वातावरणको अधिकार तथा जलवायु परिवर्तनको पृष्ठभूमिमा वातावरणको अधिकार कसरी पूरा गर्ने विषयहरुबारे छलफल गरिएको छ। एसियाका २० भन्दा बढी मुलुक तथा क्षेत्रका विद्वान तथा विशेषज्ञहरु सो गोष्ठीमा सहभागी भएका छन्।

 

चिनियाँ जन विश्वविद्यालयका प्रमुख लीन शाङ लिले सो मञ्चलाई सम्बोधन गर्दै नयाँ युग तथा नयाँ यात्रामा चीनले मानव अधिकार कार्यलाई अघि बढाउनुका साथै विश्व मानव अधिकारको विकासका लागि चिनियाँ बुद्धि, चिनियाँ अनुभव तथा चिनियाँ प्रस्ताव प्रदान गर्न प्रयास गर्ने बताउनुभयो।

गोष्ठीमा सहभागी अतिथिहरुले जलवायु परिवर्तन मानवजाति सामू देखा परेको सबैभन्दा ठूलो वातावरणीय समस्याहरुमध्येको एक हुनुका साथै एकाइसौँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण चुनौतिमध्येको एक भएको बताएका छन्।