चिनियाँ प्रधानमन्त्रीद्वारा चिनियाँ तथा जापानी व्यवसासी र पूर्व उच्च पदाधिकारीबीच आठौँ वार्तालाई सम्बोधन
2022-11-29 17:06:24CRI
Share with:

चीनका प्रधानमन्त्री ली खछ्याङले नोभेम्बर २८ तारिख चिनियाँ तथा जापानी व्यवसासी र पूर्व उच्च पदाधिकारीबीच आठौँ वार्तालाई भिडियोमार्फत सम्बोधन गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, चीन र जापान सार्न नसक्ने छिमेक हुन्। दुवै विश्वका मुख्य अर्थव्यवस्था भएकाले दुई देशको साझा हित र सहयोग व्यापक छ। चीन र जापानको सम्बन्धको स्वस्थ तथा स्थिर विकास दुवै पक्षको हितसँग अनुकुल हुनुका साथै दुई देशका जनताको फाइदाका लागि र क्षेत्र तथा विश्वको शान्ति, स्थिरता तथा विकासका लागि सहयोगी रहेको छ। दुई पक्षले चार राजनीतिक दस्तावेजबाट निश्चित विभिन्न सिद्धान्तको पालना गरी आपसलाई सम्मान र सम्मान गरेर चीन तथा जापान र क्षेत्रीय मुलुकको साझा विकास गर्न प्रयास गर्नुपर्छ।

चीनले जापानसँग डिजिटल अर्थतन्त्र, हरित विकास, वित्त तथा बैकिङलगायत क्षेत्रमा वार्ता तथा सहयोगलाई सबल पार्ने इच्छा राखेको छ।

चीनले जापानी कम्पनीलगायत विभिन्न देशका कम्पनीले चीनसँगको सहयोगलाई प्रवर्द्धन गर्न स्वागत गरेको छ।

चिनियाँ तथा जापानी उद्योग तथा वाणिज्य क्षेत्रका गन्यमान्य व्यक्ति, पूर्व पदाधिकारी, विद्वानलगायत लगभग ५० जना प्रतिनिधिहरू वार्तामा सहभागी भएका छन्।