चीनको वैदेशिक व्यापार स्थिरताका साथ विकास हुने प्रवृत्तिमा निरन्तरता
2022-11-29 16:39:36CRI
Share with:

चालू वर्षको चौथो त्रैमासिक अवधिमा चीनको वैदेशिक व्यापारको आयात-निर्यातका सामु अझै बढी दवाव देखिएको छ। यद्यपि बाह्य वातावरण अझ गम्भीर हुनुका साथै अनिश्चित तथा अस्थिर कारक तत्व बढे तापनि चीनको वैदेशिक व्यापार स्थिरताका साथ विकास हुने प्रवृत्तिमा परिवर्तन भएको छैन। नोभेम्बर २९ तारिख चिनियाँ अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषदबाट आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सुनस्याउले उक्त जानकारी दिनुभएको हो। 

प्रवक्ता सुनस्याउका अनुसार, पहिला १० महिनामा चीनको वैदेशिक व्यापार स्थिरताका साथ विकसित हुँदा आयात-निर्यात रकम, आयात रकम तथा निर्यात रकम सबैले एतिहासिक रेकर्डको सिर्जना गरेका छन्।