चीनका परराष्ट्र मन्त्री वाङ यी र मंगोलियाका परराष्ट्र मन्त्री बीच भेट-वार्ता
2022-11-29 14:33:48cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले नोभेम्बर २८ तारिख मंगोलियाका राष्ट्रपति खुरेलसुखसँग चीनको भ्रमणमा रहनुभएकी मंगोलियाली परराष्ट्र मन्त्री बाट्सेगसँग भेट-वार्ता गर्नुभएको छ।
 
वाङ यीले चीन-मंगोलिया सम्बन्धको सकारात्मक विकासले दुई देश बीच साझा हित ल्याएको मात्र नभई अशान्तिपूर्ण विश्वमा स्थायित्व पनि ल्याएको बताउनुभयो। चीनले मंगोलियासँग मिलेर दुई देशबीचको प्रशासनिक अनुभवको आदान-प्रदानलाई अघि बढाउने, दुईपक्षीय विकासको सहकार्यलाई थप प्रबर्द्धन गर्ने र दुई देशको साझा भाग्य समुदायको निर्माणका लागि सक्दो प्रयास गर्न चीन इच्छुक रहेको पनि उहाँले औँल्याउनुभयो।

मंगोलियाली परराष्ट्र मन्त्री बाट्सेले उक्त बिषयमा सहमति जनाउँदै चीनले प्रस्तुत गरेको महत्वपूर्ण प्रस्तावमाथि मंगोलियाले समर्थन गरिरहेको र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुकासाथै चीनसँग मिलेर दुईपक्षीय महत्वपूर्ण सहकारी परियोजनाको निर्माणलाई अघि बढाउने आशा पनि लिनुभयो।