सी चिनफिङद्वारा चौथो चीन-रूस उर्जा वाणिज्य मञ्चलाई बधाइ सन्देश
2022-11-29 16:22:00CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २९ तारिख चौथो चीन-रूस उर्जा वाणिज्य मञ्चलाई बधाइ सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र रूसको उर्जा सहयोग  दुई देशबीच व्यावहारिक सहयोगको महत्वपूर्ण आधार र विश्व उर्जा सुरक्षाको रक्षा गर्ने सक्रिय शक्ति हुन्। बाह्य जोखिम तथा चुनौतीप्रति चीन र रूसले समन्वय तथा सहयोगलाई सबल पार्नुका साथै ठूला सहयोगात्मक परियोजनालाई अगाडि बढाएर नयाँ युगमा चीन तथा रूसबीच चौतर्फी रणनीतिक सहयोग साझेदारी सम्बन्धको व्यापक भविष्य देखाउनुपर्छ। चीनले रूससँग अझै घनिष्ट उर्जा सहयोग साझेदारी सम्बन्ध निर्माण गर्दा उर्जाको सफा तथा हरित विकास घच्घच्याउनुका साथै अन्तर्राष्ट्रिय उर्जा सुरक्षा तथा व्यवसाय शृङ्खला स्थिरताको रक्षा गरी अन्तर्राष्ट्रिय उर्जा बजारको दीर्घकालीन, स्वास्थ्य तथा दिगो विकासका लागि नयाँ योगदान दिने इच्छा राखेको छ।

सोही दिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि चौथो चीन-रूस उर्जा वाणिज्य मञ्चलाई बधाइ सन्देश पठाउनुभएको छ।