शन चौ १५ मानवसहितको अन्तरिक्ष यानका तीनजना अन्तरिक्ष यात्री चिनियाँ अन्तरिक्ष स्टेशनमा प्रवेश
2022-11-30 10:19:42cri
Share with:

 

चीनको मानवसहितको अन्तरिक्ष परियोजना कार्यालयका अनुसार, अन्तरिक्ष यान र अन्तरिक्ष स्टेशन सफलताका साथ जोडेपछि शन चौ १५ नम्बरको मानवसहितको अन्तरिक्ष यानका तीनजना अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष यानको पुनःप्रवेश कक्षबाट लिग कक्षमा प्रवेश गरेका छन्।

 

विभिन्न तयारी कार्य पूरा भएपछि नोभेम्बर ३० तारिख बिहान ७ बजेर ३३ मिनेट जाँदा शन चौ १४ नम्बरको मानवसहितको अन्तरिक्ष यानका अन्तरिक्ष यात्रीले सुचारु रुपमा ढोका खोलेर टाढाबाट आएका अन्तरिक्ष यात्रीहरुलाई “थ्यान कोङ” मा बस्न स्वागत गरेका छन्। त्यसपछि सो दुईवटा अन्तरिक्ष यात्री टोलीले चिनियाँहरुको आफ्नो “अन्तरिक्ष घरबार” मा ऐतिहासिक सामूहिक फोटो खिचेका छन्। त्यसपछि ६ जना अन्तरिक्ष यात्रीहरुले सँगै मिलेर अन्तरिक्ष स्टेशनमा करिब पाँच दिनसम्म बसेर विभिन्न निर्धारित कार्य गर्नुका साथै जिम्मेवारी हस्तान्तरण गर्ने छन्।