चीनका प्रधानमन्त्री र कजाकिस्तानका प्रधानमन्त्री बीच वार्ता
2022-11-30 16:25:13CRI
Share with:

चीनका प्रधानमन्त्री ली खछ्याङले नोभेम्बर २९ तारिख दिउँसो जन वृहत् सभा भवनमा भिडियोमार्फत् कजाकिस्तानका प्रधानमन्त्री अलिखान स्माइलोभसँग वार्ता गर्नुभएको छ। चीनले कजागिस्तानसँगको सम्बन्धलाई नयाँ चरणमा बढाएर क्षेत्रीय शान्ति, स्थिरता र विकासको  अझ राम्ररी सुरक्षा गर्ने इच्छा राखेको प्रधानमन्त्री लीले प्रकट गर्नुभएको छ।

प्रधानमन्त्री स्माइलोभले कजागिस्तानले चीनसँगको सम्बन्धमाथि उच्च महत्व दिएको बताउनुभएको छ। उहाँका अनुसार, कजागिस्तान तथा चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औं वार्षिकोत्सवका अवसरमा  आपसी राजनीतिक विश्वासलाई गहन पार्नुका साथै सरकार बीचको आर्थिक तथा व्यापारिक सहयोग योजना व्यवहारमा उतारेर अर्थतन्त्र तथा व्यापार, उर्जा-श्रोत, कृषिलगायत क्षेत्रको आदानप्रदान तथा सहयोगलाई सबल पारेर दुई देशबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको निरन्तर विकास गर्ने इच्छा कजागिस्तानले लिएको छ।