चोभार बन्दरगाह अब ‘लजिस्टिक हब'
2022-11-30 17:21:11CRI
Share with:

काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाहलाई ‘लजिस्टिक हब’का रूपमा विकास गरिने भएको छ। लामो समय प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन ‘लजिस्टिक हब’ बनाउन लागिएको गोरखापत्र अनलाइनले लेखेको छ। गत चैत २२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सञ्चालनमा आएदेखि हालसम्म बन्दरगाहमा ७५ वटा कन्टेनरमा सामान भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएका छन्। 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको एक भागमा आयात निर्यातको कामसँगै अर्को भागमा ‘लजिस्टिक हब’का रूपमा विकास गर्न लागिएको जानकारी दिनुभयो। बन्दरगाहमा बनेको पूर्वाधारलाई अधिकतम प्रयोग गर्नुपर्छ  भनेर  पार्किङ स्थल, गोदाम र सामान प्याकेजिङको सुविधा उपलब्ध गराउन लागिएको जानकारी उहाँले दिनुुभयो। ‘लजिस्टिक हब’का रूपमा विकास गर्न यसको पूर्वाधार निर्माणको काम अन्तिम चरण पुगेकाले शुल्क केही दिनमै निर्धारण गरिने जानकारी उहाँले दिनुभयो। 

प्रभावकारी रूपमा आयात निर्यातको काम हुन नसकेपछि बन्दरगाहभित्र रहेको पूर्वाधारलाई प्रयोग गरी सवारीसाधन पार्किङ र गोदाम स्थलका रूपमा प्रयोग गर्न लागिएको छ। न्यूनतम शुल्क लिएर सवारीसाधन पार्किङ सुविधा उपलब्ध गराइने उहाँले बताउनुभयो।  

चक्रपथमा बसेका मालवाहक ट्रकलाई पार्किङ सुविधा उपलब्ध गराउनुका साथै व्यवसायीले निश्चित शुल्क तिरेर गोदामका रूपमा प्रयोग गर्न पाउने व्यवस्था गर्ने समितिको योजना छ। बन्दरगाहमा आन्तरिक दुई सयवटा ट्रक पार्किङ गर्ने सुविधा रहेको समितिले जनाएको छ। बन्दरगाहमा साना उद्यमीले उत्पादन गरेका सामान प्याकेजिङसमेत गर्न सकिने समितिले जनाएको छ। व्यापारविज्ञ रविशङ्कर सैँजूले व्यवस्थापन कमजोरीले बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले ‘लजिस्टिक हब’ बन्न कठिन रहेको बताउनुभयो।  बन्दरगाह प्रयोगविहीन अवस्थामा राख्नुभन्दा ‘लजिस्टिक हब’मा रूपमा विकास गर्नु राम्रो भए पनि व्यवस्थापन गर्न कठिन रहेको उहाँको भनाइ छ। बन्दरगाह नियमन गर्ने र व्यवस्थापन गर्ने निकाय छुट्टाछुट्टै नहुँदा प्रभावकारी रूपमा सञ्चालन हुन