शनचौ-१५ मानवसहितको अन्तरिक्ष उडान सफलताका साथ प्रक्षेपण
2022-11-30 10:03:25CRI
Share with:

नोभेम्बर २९ तारिख राती ११ बजेर ८ मिनेट जाँदा शनचौ-१५ मानवसहितको अन्तरिक्ष उडान छाङचङ नम्बर २ ढुवानी रकेटमार्फत् च्यु छ्वआन उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको छ। लगभग १० मिनेट पछि शनचौ-१५ मानवसहितको अन्तरिक्ष उडान रकेटबाट सफलतापूर्वक छुट्टिएर निश्चित ट्र्याकमा प्रवेश गरेको छ। अन्तरिक्ष यात्रीहरूको अवस्था राम्रो रहेको तथा प्रक्षेपण पनि सफलताका साथ सम्पन्न भएको छ। योसँगै चिनियाँ अन्तरिक्ष केन्द्रको मुख्य प्राविधिक परीक्षा र निर्माण चरणका १२ पटकको प्रक्षेपण कार्यभार सबै पूरा भएको छ। शनचौ-१५ अन्तरिक्ष यात्री टोलीका तीन अन्तरिक्ष यात्रीहरू फै जुन लौङतङ छिङ मिङ र चाङ लुले अन्तरिक्षमा ६ महिना बसेर अन्तरिक्ष यात्रीको पहिलो ट्र्याक पनि परिवर्तन गर्ने भएको छ। अर्थात् पहिलाका तीन अन्तरिक्ष यात्री फर्किने छन् भने उनीहरूको ठाउँमा अबका यी तीन नयाँ अन्तरिक्ष यात्रीले कार्यभार सम्हाल्ने छन्।