चीनद्वारा सामूहिक प्रयासमार्फत प्यालेष्टाइन समस्याको समाधान गर्न आह्वान
2022-12-01 17:26:44CRI
Share with:

स्थानीय समयअनुसार नोभेम्बर ३० तारिख ७७ औँ सँयुक्त राष्ट्र सँघीय महासभाले पूर्ण बैठक आयोजना गरी प्यालेष्टाइन समस्या र मध्य पूर्व परिस्थितिबारे छलफल गरेको छ। 

सँयुक्त राष्ट्र सँघका लागि चिनियाँ स्थायी उपप्रतिनिधि कङ श्वाङले अन्तर्राष्ट्रिय समाजसँग सामूहिक प्रयासमार्फत प्यालेष्टाइन समस्याको चौतर्फी र न्यायपूर्ण रुपमा समाधान गर्न आह्वान गर्नुभयो। 

चीनले प्यालेष्टाइन समस्या मध्य पूर्व समस्याको केन्द्र हो भन्दै प्यालेष्टाइन समस्याको चौतर्फी र न्यायपूर्ण रुपमा समाधान गर्नु क्षेत्रीय शान्ति र स्थिरतासित सम्बन्धित रहनुका साथै अन्तर्राष्ट्रिय निष्पक्षतासित सम्बन्धित रहेको कुरा बताएको छ।

सोही दिन अनेकौँ मुलुकहरूले प्यालेष्टिनी जनतालाई समर्थन दिने कुरा बताएका छन्।