चीनका प्रधानमन्त्री र लाओसका राष्ट्राध्यक्ष बीच भेट-वार्ता
2022-12-01 10:09:10cri
Share with:

चीनका प्रधामन्त्री ली ख छ्याङले नोभेम्बर ३० तारिख लाओसका राष्ट्राध्यक्ष एवम् लाओसको जनवादी क्रान्तिकारी पार्टीको केन्द्रीय समितिका महासचिव थोङलोनसँग भेट-वार्ता गर्नुभएको छ।

 

भेटको अवसरमा प्रधानमन्त्री ली खछ्याङले चीन र लाओस पहाड र नदीले जोडिएको मैत्रीपूर्ण छिमेकी भएको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र लाओसका राष्ट्राध्यक्ष थोङलोनसँगको भेट-वार्ताले दुई पार्टी साथै दुवै मुलुक बीचको सम्बन्धको विकासलाई व्यापक रूपमा प्रवर्द्धन गरेको पनि प्रधानमन्त्री ली औँल्याउनुभयो। लाओससँग उच्चस्तरीय आदानप्रदान कायम गर्न, व्यावहारिक सहकार्यलाई अझ गहन बनाउन र दुई देशका जनतालाई अझ धेरै लाभ पुर्याउन चीन इच्छुक रहेको पनि प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो।

 

लाओसका राष्ट्राध्यक्ष थोङलोनले लाओस-चीन सम्बन्ध र सहकार्यमा नयाँ उचाइ हासिल गर्दै चीनसँग मिलेर लाओस-चीन रेलको भूमिकालाई अझ अगाडि बढाउन लाओस इच्छुक रहेको बताउनुभयो। साथै चिनियाँ उद्यमीहरूलाई लाओसमा लगानी गर्न स्वागत व्यक्त गर्नुभयो।