सुन्तला व्यापारद्वारा चीन र इजिप्टबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार
2022-12-02 10:18:06cri
Share with:

 

इजिप्ट परम्परागत कृषिप्रधान मुलुक हो। इजिप्टमा विकसित रोपाई व्यवसाय छ। फलफूलको निर्यात सधैँ नै इजिप्टको महत्वपूर्ण विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हो। इजिप्टको तथ्यांकअनुसार, इजिप्ट लगातार तीन वर्षसम्म विश्वमा सुन्तलाको सबैभन्दा ठूलो निर्यात मुलुक बनिसकेको छ। चीन इजिप्टको सुन्तला निर्यात गरिने दश वटा गण्तव्य मुलुकहरूमध्येको एक हो। सन् २०१५ मा इजिप्टको सुन्तला चीनको बजारमा प्रवेश हुन अनुमोदन गरिएपछि दुई मुलुकबीचको सुन्तला व्यापार विकास भैरहेको छ। सुन्तला व्यापारले चीन र इजिप्टको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अगाडि बढाउनुका साथै इजिप्टको विकास बढाएको छ।

 

वर्षभरि इजिप्टमा प्रशस्त घाम लाग्छ। उत्कृष्ट घामले सुन्तलाको उच्च गुणस्तर र उच्च उत्पादित मात्राको प्रत्याभूति गर्छ। इजिप्टमा हरेक वर्ष नोभेम्बरको मध्य कालदेखि अर्को वर्षको जुनको मध्य कालसम्म सुन्तला भित्र्याउनसकिन्छ। इजिष्टको सुन्तलाको निर्यात व्यापारी हाइसामको विचारमा इजिप्टमा रोपाइको उत्कृष्ट वातावरण छ। गुलियो सुन्तला चिनियाँ बजारको मागसित अनुकूल छ। उनी भन्छन्


“इजिप्टमा सुन्तला रोपिने खेतमा दिन र रातको तापक्रमको ठूलो भिन्नता छ। तापक्रमको भिन्नता सुन्तलाको रंग र मिठोपनका लागि निकै महत्वपूर्ण छ। यस्तो वातावरणमा भित्र्याइने सुन्तलामा उच्च गुणस्तर हुन्छ। इजिप्टको खेती वातावरण यो मापदण्डसित अनुकूल छ।”

 

उच्च गुणस्तर र सस्तो मूल्यको श्रेष्ठतामा भर परेर अन्तर्राष्ट्रिय बजारमा इजिप्टको सुन्तलाको माग निरन्तर रुपमा विस्तार भैरहेको छ। हाल इजिप्टको सुन्तला विश्वका १११ मुलुक र क्षेत्रतर्फ निर्यात गरिएको छ। चीन इजिप्टको सुन्तला निर्यात गरिने दश वटा गण्तव्य मुलुकहरूमध्येको एक हो। सन् २०१५ मा इजिप्टको सुन्तला चीन बजारमा प्रवेश हुन निवेदन गरिएपछि सुन्तला व्यापार इजिप्टले चीनतर्फ निर्यात गर्न विस्तार गरेको मुख्य माध्यम बनेको छ। चीनको भन्सार कार्यालयको तथ्यांकअनुसार, सन् २०१९ जनवरीदेखि अक्टोबरसम्म इजिप्टले चीनतर्फ १ लाख ९१ हजार टन सुन्तला निर्यात गरेको थियो। इजिप्टको सुन्तला निर्यातसम्बन्धी एक कम्पनीका जिम्मेवार व्यक्ति हाइसामले इजिप्टको सुन्तला चिनियाँ उपभोक्ताद्वारा मन पराइएको, सुन्तलाले इजिप्ट र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्धको विकास बढाएको बताए। उनी भन्छन्


“चीन इजिप्टको फलफूल निर्यातको महत्वपूर्ण बजार र रणनीतिक बजार हो। इजिप्टको उत्तम गुणस्तरको सुन्तलाले चिनियाँ बजारको मागलाई उत्प्रेरित गर्नसक्छ। फलफूल क्षेत्रमा इजिप्ट र चीनको सहकार्य इजिप्टको कृषि र अर्थतन्त्रको विकासका लागि हितकर छ।”

 

इजिप्ट “बेल्ट एण्ड रोड” निर्माणमा संलग्न भएको महत्वपूर्ण मुलुक हो। “बेल्ट एण्ड रोड” प्रस्तावका कारण इजिप्टको सुन्तला चीनतर्फ ढुवानी गरिएको बाटो क्रमशःसुचारु भैरहेको छ। कोरोना भाइरस महामारीको असर परेका कारण इजिप्टको सुन्तलाको निर्यात मात्रामा कमी भएको छ। तर इजिप्टका सुन्तला व्यापारीहरूले चीनको फलफूल बजारप्रति विश्वास र अपेक्षा गरेका छन्। उनीहरूको विचारमा चीन बजार ठूलो छ। महामारी स्थिति क्रमशःराम्रो बनेको साथसाथै सुन्तलाले चीन बजार पुनःखुल्नेछ।