“चीन वृत्तचित्र महोत्सव”को प्रदर्शन कार्यक्रम आयोजना
2022-12-03 16:41:57CRI
Share with:

पैचिङ समय अनुसार डिसेम्बर ३ तारिख चाइना मिडिया ग्रुपले संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान र संस्कृति संगठन अर्थात् युनिस्कोका लागि चिनियाँ प्रतिनिधि मण्डलसँग सहयोग गरी युनिस्कोको मुख्यालयमा “चीन वृत्तचित्र महोत्सव”को प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ।“चीन वृत्तचित्र महोत्सव”को प्रदर्शनी कार्यक्रमले मानव भाग्य समुदायको अवधारणा र चीनको शैलीको आधुनिकीकरणको कथाबारे देखाएको छ।

युनिस्कोका लागि विभिन्न मुलुकका प्रतिनिधि, कुटनीतिज्ञ, फ्रान्सको विभिन्न क्षेत्रका व्यक्तिलगायतका चार सय जना अतिथि उक्त कार्यक्रममा सहभागी थिए।

 चाइना मिडिया ग्रुपका निर्देशक शङ हाईस्युङले सम्बोधन गर्दै चाइना मिडिया ग्रुपले विदेशी मित्रहरूसँग मिलेर मानव भाग्य समुदायलाई जोड्ने, विश्वलाई अझै धेरै विश्वास र शक्ति थपिदिने, मानवको सुन्दर भविष्यतर्फ लकम्ने कुरा बताउनुभयो।