बहु मुलुकहरूका नेताहरूद्वारा कमरेड च्याङ चमिनको निधनप्रति श्रद्धाञ्जली व्यक्त
2022-12-03 16:10:20CRI
Share with:

बहु मुलुकहरूका नेताहरू र अन्तर्राष्ट्रिय सङ्गठनका जिम्मेवार व्यक्तिहरूले कमरेड च्याङ च मिनको निधन भएकामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई समवेदना सन्देश पठाएर अथवा विविध अरु माध्यमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उत्तर कोरियाको श्रम पार्टीका महासचिव किम जोङ ऊनले कमरेड च्याङ चमिनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले कमरेड च्याङ चमिनले चिनियाँ कम्युनिष्ट पार्टी र देशको विकास, जनताको सुखमय जीवनका लागि योगदान दिनुभएको उल्लेख गर्नुभयो।

कम्बोडियाका राजा शिहामोनीले च्याङ चमिन चिनियाँ जनताको उत्कृष्ट प्रतिनिधि, कम्बोडिया र कम्बोडियाका जनताका मित्र हुनुभएको र उहाँले कम्बोडियाको शान्ति र स्थिरता पुनःप्राप्त गर्न र दुई मुलुकको मित्रता र सहयोग घनिष्ठ पार्नका लागि ठूलो योगदान दिनुभएको बताउनुभयो।

दक्षिण कोरियाका राष्ट्रपति योङ सेक युलले चीनका पूर्व राष्ट्राध्यक्ष च्याङ चमिन चीनलाई समृद्धि र विकास प्राप्त गर्न नेतृत्व गर्नुभएको नेता हुनुका साथै दक्षिण कोरिया र दक्षिण कोरियाली जनताका असल मित्र हुनुभएको कुरा बताउनुभयो। उहाँले दक्षिण कोरिया सरकार र जनताको तर्फबाट पूर्व राष्ट्राध्यक्ष च्याङ चमिनका परिवार र चिनियाँ जनतालाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले पूर्व राष्ट्राध्यक्ष च्याङ चमिनले चीनको सुधार तथा खुलापन र चीनको विकासका लागि योगदान दिनुका साथै जापान र चीनबीचको सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नु भएको छ।

पाकिस्तानी प्रधानमन्त्री मुहाम्मद शबाज शरिफले च्याङ चमिनले पाकिस्तान र चीनबीचको सम्बन्ध बढाउनका लागि मूल्यवान योगदान दिनुभएको स्मरण गर्नु भएको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले चीनका पूर्व राष्ट्राध्यक्ष च्याङ चमिनले चीनलाई अन्तर्राष्ट्रिय मामिलामा दृढताका साथ अगाडि बढाउनुभएको, चीनलाई ठूलो आर्थिक प्रगति हासिल गर्न र विश्व व्यापार सङ्गठनमा सम्लग्न गराउँदै अगाडि बढाउनुभएको कुरा बताउनुभएको छ।