तीनजना चिनियाँ अन्तरिक्ष यात्री फर्कदै
2022-12-04 17:20:32CRI
Share with:

चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयबाट प्राप्त जानकारी अनुसार, डिसेम्बर ४ तारिख विहान ११ बजेर १ मिनेट जाँदा शनचौ १४ नम्बर मानववाहक अन्तरिक्ष यान सफलताका साथ अन्तरिक्ष स्टेशनबाट विभाजन भएको छ।

त्यसपछि शनचौ १४ नम्बर मानववाहक अन्तरिक्ष यान आदेशबमोजिम फर्कनेछ। चिनियाँ अन्तरिक्ष स्टेशनमा १८३ दिनसम्म काम गरेर अन्तरिक्ष यात्री छन तुङ, लिउ याङ र छाइ स्युच घर फर्कने बाटोमै हुनेछन्।