बहु मुलुकका नेताहरूद्वारा कमरेड च्याङ चमिनको निधनप्रति श्रद्धाञ्जली व्यक्त
2022-12-04 16:46:47CRI
Share with:

बहु मुलुकका नेताहरू र अन्तर्राष्ट्रिय सङ्गठनका जिम्मेवार व्यक्तिहरूले कमरेड च्याङ च मिनको निधन भएकामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई समवेदना सन्देश पठाएर अथवा विविध अरु माध्यमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, भियतनामका राष्ट्राध्यक्ष र प्रधानमन्त्रीलगायत नेताहरूका विचारमा  कमरेड च्याङ चमिन चिनियाँ कम्युनिष्ट पार्टी तथा मुलुकका श्रेष्ठ नेता हुनुहुन्थ्यो। उहाँले चिनियाँ विशेषतायुक्त समाजको निर्माण कार्यका लागि उत्कृष्ट योगदान दिनुभयो। कमरेड च्याङ चमिन र भियतनामका नेतागणबाट निश्चित मैत्रीपूर्ण सिद्धान्तले दुई पार्टी र देशको सम्बन्धको विकासलाई दिशानिर्देश गरेको छ।

नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्राध्यक्ष च्याङ चमिन श्रेष्ठ नेता र उत्कृष्ट राजनीतिज्ञ भएर चीनको अन्तर्राष्ट्रिय स्थानलाई उकास्नका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको विचार प्रकट गर्नुभएको छ।  नेपाल र चीनको मैत्रीपूर्ण छिमेकी सम्बन्धको विकास गर्न तथा सुदृढ पार्न च्याङको योगदान नेपालले सधैँ याद गर्नेछ।

त्यसबाहेक साउदी अरबका राजा, राजकुमार एवम् प्रधानमन्त्री, इजरायलका राष्ट्रपति, जर्मनीका राष्ट्रपति, पोल्याण्डका राष्ट्रपति, नेपालका प्रधानमन्त्री लगायतका नेतागणले पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।